काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षमा १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ। दलहरूले समानुपातिकतर्फको ११० सिटका लागि निर्वाचन आयोगलाई अन्तिम नामावली बुझाएका छन्। प्रत्यक्षमा निर्वाचन जित्ने अधिकांश नयाँ अनुहार रहेका छन्।
नेपाली कांग्रेसबाट कुल ५७ मध्ये २० जना, नेकपा एमालेबाट कुल ४४ मध्ये १५ जना, नेकपा माओवादी केन्द्रबाट १८ मध्ये तीनजना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सातैजना नयाँ अनुहार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सातमध्ये चारजना, जनता समाजवादी पार्टीबाट सातमध्ये एकजना नयाँ, नागरिक उन्मुक्ति पार्टीबाट कुल तीनै जना, जनमत पार्टीबाट एकजना निर्वाचित भएका छन्।
नेपाली कांग्रेस
सुनिल कुमार शर्मा (मोरङ–३)
विश्वप्रकाश शर्मा (झापा–१)
दुर्लभ थापा (भक्तपुर–२)
प्रदीप पौडेल (काठमाडौं–५)
एमालेबाट प्रत्यक्षमा जितेर संसदमा डेब्यु गर्ने सांसद
प्रेमबहादुर महर्जन (ललितपुर–३)
सूर्यबहादुर थापा (प्युठान)
महेश बर्तौला मकवानपुर (२)
सूर्य ढकाल (बाँके–१)
अम्बरबहादुर रायमाझी (उदयपुर–२)
बासुदेव घिमिरे (रुपन्देही–५)
मानवीर राई (सोलुखुम्बु)
भगवती चौधरी (सुनसरी–३)
ठाकुर प्रसाद गैरे (पाल्पा–२)
महेश बस्नेत (इलाम–१)
माओवादी केन्द्र
प्रत्यक्षमा १८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सिट पाएको छ। नेकपा माओवादी केन्द्रका तीनजना सांसद पहिलोपटक संसद् यात्रा गर्दै छन्। प्रत्यक्षतर्फ निर्वाचनमा विजयी भएका लेखनाथ दाहाल (सिन्धुली–२), माधव सापकोटा (सिन्धुपाल्चोक–१) र पूर्णबहादुर घर्ती मगर (रुकुम पूर्व)ले पहिलोपटक संसद् यात्रा गर्दैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबै नयाँ
प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले पहिलोपटक संसद्मा ड्ब्यु गर्दै छन्।
हरि ढकाल (चितवन–१)
रवि लामिछाने (चितवन–२)
तोसिमा कार्की (ललितपुर–३)
सोविता गौतम (काठमाडौं–२)
शिशिर खनाल (काठमाडौं–६)
गणेश पराजुली (काठमाडौं–७)
विराजभक्त श्रेष्ठ (काठमाडौं–८)।
राष्ट्रिय प्रजातन्त्र पार्टी
धवलशमशेर जबरा
दीपकबहादुर सिंह
ज्ञानेन्द्र शाही
ध्रुवबहादुर प्रधान
नगरिक उन्मुक्ति पार्टीबाट तीन नयाँ
जनमत पार्टी
यी हुन् नयाँ स्वतन्त्र सांसद
स्वतन्त्र उम्मेदवारी दिएका तीनजना सांसद भएका छन्। बर्दिया २ बाट लालवीर चौधरी, रौतहट २ बाट कुमार शाह र मोरङ ५ बाट योगेन्द्र मण्डलले स्वतन्त्रबाट उम्मेदवारी दिएर पहिलोपटक संसद यात्रा गर्न लागेका हुन्।











