दाङ, २४ मंसिर । कलश बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सहभागीहरु

कार्यक्रमलाई बोल्दै उपमेयर डिसीले सहकारीले बचत गर्ने बानीको विकास गरेको र जिवनस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बताइन् । जिल्लामा कलश उत्कृष्ट सहकारीका रुपमा स्थापित भएको भन्दै उनले सेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम ल्याएकोमा संस्थालाई धन्यवाद समेत दिइन् ।

कार्यक्रममा अध्यक्ष शर्माले बार्षिक प्रगति तथा आगामी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा अध्यक्ष शर्माले आर्थिक मन्दिका समयमा पनि कलश सहकारीले सदस्यहरुलाई आवश्यकता अनुसारको ऋण प्रवाह गरेको बताए । समान व्याजदरमा अन्य बैंक वा बित्तिय संस्थामा भन्दा कलशबाट ऋण लिंदा बार्षिक २ दशमलव ५ प्रतिशत बढि व्याज कम पर्ने समेत उनले जानकारी दिए ।

यस्तै कोषाध्यक्ष नवराज भण्डारीले आव२०७८÷०७९ मा १४ करोड १८ लाख ५८ हजार ८ सय ४९ रुपैया २६ पैसा वरावरको सम्पत्ती सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक गेहेन्द्र वस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा उत्कृष्ट बचत कारोवार गर्ने शान्ता घिमिरे, उत्कृष्ट ऋण कारोबार गर्ने ज्ञानेन्द्र अधिकारी, सदस्यता वृद्धि गर्न उल्लेखनिय भूमिका निर्वाह गर्ने शिवा कुमारी जिसी, बाल बचतकर्ता श्रीईसा भुसाल, युवा बैज्ञानिक कृतन भण्डारी, संरक्षित पूँजी फिर्ता कोषको रकम सवैभन्दा धेरै प्राप्त गर्ने माधव खनाल, पवित्रा आचार्य,सचेत कुमार शर्मा, मंगला राणा, माधवा घिमिरे, दिनेश गौतम, धु्र्रबराज पौडेल, रुपलाल चौधरी, हेमराज शर्मा र खिमा बुढाथोकीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ दाङका सचिव विमल कुमार अधिकारी, सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रतिनिधि देवा सुवेदी,राष्ट्रिय सहकारी बैंक घोराही शाखा प्रमुख डिल्लीराज दाहाल, नेफ्स्कुनका फिल्ड प्रमुख विष्णु जोशी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस सल्लाहकार हेमराज शर्मा, सेयर सदस्य शिवा कुमारी जिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष नविन कुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिमल योगीले गरेका थिए । भने धन्यवाद ज्ञापन संचालक श्रीकान्त अधिकारीले गरेका थिए ।