काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन असमर्थ भएको छ ।समितिमा प्रस्तावित नामहरूमा सहमति हुन नसकेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको छ ।

नेपाली काँग्रेसले सङ्घबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ ।कार्यसम्पादन समितिको बैठक लगत्तै अहिले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् ।
दलहरूले आज अपरान्हसम्म समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।











