काठमाडौँ । नेपाली कांग्रेसले कांग्रेसले समानुपातिकमा ३२ सांसद पाउने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकर्फ २९ जना महिला र ३ जना पुरुष समावेश गर्ने निर्णय गरेको हो ।

अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यो निर्णय भएको एक बैठकमा उपस्थित एक नेताले बताए । ती नेताका अनुसार यसको निर्णयको औपचारिक जानकारी भने आउान बाकी छ ।निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूको नाम बुझाउने अन्तिम मिति आजसम्मलाई दिएको छ।

कुन प्रदेशमा कति ?
प्रदेश १ मा १० महिला सहित २ पुरुष, मधेश प्रदेशमा ८ महिला सहित १ पुरुष, बागमती प्रदेशमा ११ महिला सहित १ पुरुष, गण्डकी प्रदेशमा ९ जना महिला १ जना अल्पसंख्यक,लुम्बिनी प्रदेशमा ९ महिला सहित १ पुरुष र १ जना अल्पसंख्यक, कर्णाली प्रदेश ५ महिला र २ जना पिछडिएको क्षेत्रबाट, सुदुरपश्चिम प्रदेशमा ७ जना महिला र १ जना पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी कांग्रेसले निर्णय भएको हो ।