दाङ : घोराही उपमहानगरपालिकाले गरिब घरधुरीलाई परिचय पत्र वितरणको तयारी गरेको छ । उपमहानगरपालिकाको सूचना तथा सञ्चार प्रविधी शाखाले नगर प्रमुख श्री नरुलाल चौधरी, उपप्रमुख श्री हुमाकुमारी डिसी,
प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, वडा अध्यक्ष र वडा सचिबहरु सँग परिचय पत्र वितरण सम्बन्धी अभिमुखिकरण गरेर सम्बन्धित वडामा ति परिचय पत्र पठाईएको छ ।
घोराही उपमहानगरपालिका भित्र १४५८ घरधुरी अति गरिब, २७०८ घरधुरी मध्यम र १६३५ घरधुरी सामान्य गरि ४८११ घरधुरी गरिबीको अबस्थामा रहेको तथ्यांक रहेको छ । डेढ बर्ष पहिले नगरका सबै घरधुरीमा गणक र सुपरिबेक्षकहरु पुगेर घरमूलीको फोटो सहितको सबै विवरण संकलन गरेको थियो ।
परिचय पत्र पाएका गरिबलाई आयमूलक कामको लागि सीर्प, शिक्षा र स्वास्थ्यको ग्यारेन्र्टी, खाद्य सुरक्षाको सुनिश्चितता गर्ने सरकारी योजना छ । गरिबलाई निःशुल्क स्वास्थ्य बीमा, अध्ययनको लागि छात्रवृत्ति, आयआर्जनका कार्यक्रम रहेका छन् ।











