दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत साउनदेखि अहिलेसम्म एकदवारा संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट ८० जनाले सेवा लिएका छन् । प्रतिष्ठानका सूचना अधिकारी नीशानदाजु भट्टराईका अनुसार ओसीएमसीबाट बलात्कार, घरेलु हिंसा, सुरक्षित गर्भपतन, शारीरीक चोटपटक,बालबिबाह, मानसिक यातना लगायत घटनाका पीडीतले सेवा लिएका छन् । भट्टराइले भने,

मुख्यतः प्रहरी मार्फत् यस प्रतिष्ठानमा सेवा लिन आउनुहुन्छ । संघ संस्था मार्फत् र कोहि कोहि आफै स्वयम् पनि अस्पताल आउनुहुन्छ । ’ प्रतिष्ठानमा ओसीएमसी शाखामा तिन जना कर्मचारी छन् । २०६९ सालदेखि प्रतिष्ठानले सेवा दिदैं आएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई पदाधिकारी नियुक्ति, रजिष्ट्रारमा  थापा र रेक्टारमा डा लामिछाने - Healthy Khabar

ओसीएमसीका फोकल पर्सन सुस्मीता पोख्रेलले ओसीएमसीमार्फत् सेवा लिने सबैलाई निशुल्क उपचार गरिरहेको बताइन् । पोख्रेलले भनिन्, ८० जना मध्ये ५१ जना आफै, २९ जना प्रहरी मार्फत् र ४ जना अन्य अस्पतालहरुबाट रिफर भएर सेवा लिन आउनुभएको छ । उहाँहरुलाई रगत जाँच, खाना, खाजा, कपडा सबै निशुल्क उपलब्ध गराउँछौं । ’

प्रतिष्ठानको तथ्यांक अनुसार सेवा लिने मध्ये अधिकांश १५ देखि ४९ वर्ष उमेर समूहका छन् । सो उमेर समूहका ६० जनाले सेवा लिए । यस्तै, १४ वर्ष मुनिका १७ जना, ५० देखि ६५ वर्ष उमेर समूहका २ जनाले सेवा लिएका छन् ।

प्रतिष्ठानका अनुसार ओसीएमसीमार्फत् शारीरीक चोटपटक लागेका १४ जना, यौनजन्य हिंसामा परेका २५ जना, घरेलु हिंसाका ४९ जना र जेल जिवनमा परेका २ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ । पोख्रेलले भनिन्,यो कार्यक्रम संचालन गर्न जनशक्तीको चुनौती छ । एक जना डाक्टर, एक जना प्रहरी कर्मचारी र म मात्रै छौं ।

थोरै कर्मचारीले सेवा दिनु चुनौति हो । ’ प्रतिष्ठानलाई सरकारले यो आर्थिक वर्ष ओसीएमसी कार्यक्रमका लागि १५ लाख रुपैंया उपलब्ध गराएको छ । पोख्रेलले अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका पीडितलाई अन्य ठूला अस्पतालमा पठाउने गरिएको बताइन् । सिस्ने अनलाइन