काठमाडौँ, २३ मंसिर । मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकाका धारामा पुग्दैछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्दैछन् ।

बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको र आजदेखि धारामा आउने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए । यसपटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने छ । मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षतिका कारण गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो ।