काठमाडौँ । अर्थमन्त्री शर्माले अर्थन्त्री समस्यामा छ भनेर अभिव्यक्ति दिँदै नहिँड्न उद्योगी व्यवायीलाई आग्रह गरेका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको ‘फिन इलेक्ट्रो टेक–२०२२’ प्रदर्शनी मेलामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै उनले व्यवसायीले सडकमा गएर आन्दोलनमा ल्याग्नु भन्दै उद्योग व्यवसायमा ध्यान दिएर उत्पादन बढाउनेतर्फ लाग्दा राम्रो हुने बताए ।

उनले तरलता तथा बैंकको ब्याजदर वृलिगायत उद्योगी व्यवसायीको समस्या समाधानका लागि निजी क्षेत्र, केन्द्रीय बैंक, वाणिज्य मन्त्राल र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको बताए ।निजी क्षेत्रकै समस्या सम्बोधन गर्न मौद्रिक समीक्षाका कतिपय व्यवस्थामाथि सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव समेत आफूले मन्त्रिपरिषद्मा राखेको उनले बताए । सरकारले व्यवसायीसँग सहकार्य गर्न सधैँ तयार रहेकोले सडक आन्दोलनमा नजान उनले सुझाव दिए ।

ब्याजदर वृद्धि, चालु पुँजी निर्देशिकाको विषयमा सरकारले गम्भीर रुपमा छलफल गरिरहेकोले निराशाको अभिव्यक्ति नदिन उनले आग्रह गरे ।उनले अब विद्युत् बेच्नेभन्दा पन हाइड्रोजन बनाएर निर्यात गर्ने वातावरण बनाएर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।