गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् ।मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए ।

सदस्य काशी पाण्डेले बताए । चुनावका बेला मत माग्न पुगेका चुनाव क्षेत्रका बिभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम राखिएको पाण्डेले बताए ।

मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका ज्ञवालीले जित हार स्वाभाविक प्रक्रिया भएको बताए ।तर जनताको विश्वासलाई कहिल्यै टुट्न नदिने गरी जिल्लाको विकासका लागि हर बखत लागिरहने उनको भनाइ छ । गुल्मीबाट ०५६ सालदेृखि चुनाव लडदै आएका ज्ञवाली ०५६, ०६४, ०७४ सालमा निर्वाचित भएका थिए ।