काठमाडौं- बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ पाँच जना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ ।बागमती प्रदेशमा १५ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसबाट २ जना महिला निर्वाचित भएका छन् । काठमाडौंबाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोकबाट मसिना खड्का निर्वाचित भएका हुन् ।

१४ सिटसहित दोस्रो बनेको नेकपा माओवादी केन्द्रबाट पनि दुई जना महिला सांसद निर्वाचित भएका छन् । माओवादीबाट विजयी हुनेहरूमा राधिका तामाङ नुवाकोट र कुमारी मुक्तान मकवानपुर रहेका छन् ।

बागमतीमा १३ सिट जितेको नेकपा एमालेबाट महिला सहभागीता शून्य छ । ५ सिट जितेको नेकपा एकीकृत समाजवादीबाट एक जना महिला निर्वाचित भएकी छन् । एकीकृत समाजवादीको तर्फबाट काठमाडौंंबाट प्रदेश सभामा रमा आले मगर निर्वाचित भएकी हुन् ।