तुलसीपुर । तुलसीपुरमा मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सव २०७९ सञ्चालन हुने भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो ।
यसअघि मंसिर १५ गतेदेखि सञ्चालन हुने भनिएको महोत्सव उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्सको बिरोधपछि स्थगित भएको थियो । महोत्सव आयोजक युथ्स अफ तुलसीपुरले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी महोत्सव हुने जानकारी गराएको हो । महोत्सवमा दुई सयबढी स्टल राखिएको र
तुलसीपुरका ब्यवसायीलाई असर नपर्ने गरी स्टल ब्यवस्थापन गरिएको संस्थाका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो । महोत्सवलाई सफल बनाउन समेत संयोजक लहरेले आग्रह गर्नुभयो ।
महोत्सव सञ्चालन गर्नका लागि आयोजक संस्थाले तुलसीपुर उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय दाङमार्फत स्वीकृतिसमेत प्राप्त गरेको आयोजकले जनाएको छ











