प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ । यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आम चासो बढिरहेका बेला नेताहरूले भेटवार्तालाई तीव्रता दिइरहेका छन् ।

बधाई तथा शुभकामना आदानप्रदानको बहानामा उनीहरू राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् ।धानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका हुन् ।  सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र सिंहबीच

बधाई तथा शुभकामना आदानप्रदान सहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ । सिंह काठमाडौं १ बाट निर्वाचित भएका हुन् भने श्रेष्ठ काठमाडौं ९ बाट विजयी भएका हुन् । –न्युज कारखाना