दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । नेकपा माओवादी केन्द्र र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की १८३ मत मात्रले अगाडी रहेका छन् । कार्कीले ३३ हजार ६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ३२ हजार ८२३ मत प्राप्त गरेका छन् ।

दोलखामा अब तीन गाउँपालिका ७ वडा बाँकी रहेका छन् । जसमा विगु गाउँपालिकाका १, २ र ३ नम्बर वडा रहेका छन् भने शैलुङका १ र २ तथा मेलुङका १ र ३ नम्बर वडाको मत गणना बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।