अछाम । अछाममा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका९ ६ शोडषाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काका अनुसार बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा
बयालपाटा अस्पतालमा ज्यान गएको हो । मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यालय सहयोगी पदमा कार्यरत थिए ।











