घोराहीमा ‘प्याव्सन घोराही रनिङ शिल्ड–२०७९’ प्रतियोगिता शुरू भएको छ । रनिङ शिल्डमा कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुले भलिबल,कवड्डीलगायत एथ्लेटिक्सका विभिन्न इभेन्टहरुमा खेल क्षमता प्रदर्शन हुने भएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याव्सन० घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका–१५ भरतपुर खेल मैदानमा आजदेखि १७ गतेसम्म रनिङ शिल्ड प्रतियोगिता हुने छ । छात्रहरुले भलिवल र कबड्डीमा छात्राहरुले मात्रै सहभागीता जनाउने बताइएको छ ।

तस्विरः कुलदिप न्यौपाने नयाँ युगबोध