कैलाली । धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीहरुले आन्दोलन गरेका छन् । आज बिहान पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।
उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै सडक अवरुद्ध पारेका हुन्। आन्दोलन गरिरहेका केही विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।आज बिहान धनगढी उपमहानगरपालिका-५ पिपल चौतारा नजिकै काम गरिरहेको ना १ क ९७५ नम्बरको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा बालिकाको कुल्चिएर मृत्यु भएको थियो। ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











