काठमाडौँ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको हो ।बिहिवार धनगढीको हसनपुरमा कालिका नामक कन्स्ट्रक्सनको ग्रेडरले साइकललाई ठक्कर दिँदा एक स्कूले बालिकाको मृत्यु भएको हो ।
आज बिहान गे्रडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।स्थानीयले ब्याक गरी जानी जानी हत्या गरिएको आरोप लगाएका छन् । परिवारले लास बुझ्न मानेका छैनन।
त्यो स्कूलेमार्गमा जहाँ सयौं विद्यार्थी, स्थानीयहरुको ओहोरदोहोर हुने गरेको छ ।मृत्यु हुनेका धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो। उनी घरबाट विद्यालय जाँदै थिइन्।
मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्











