जाजरकोट, ६ साउन
विद्युत उत्पादनका लागि संचालिन कुलोमा ढुंगा खसेपछि जाजरकोट सदरमुकाम खलङ्गामा हिजो साँझ देखि विद्युत अवरुद्ध बनेको छ ।
अविरलको वर्षाले साङ्गट सिराङ खोला लघु जलविद्युत आयोजनाको कुलोमा ठुला ठुला ढुंगा खसेपछि खलङ्गामा विद्युत अवरुद्ध बनेको हो ।
अवरुद्ध बनेको विद्युत सेवा संचालनका लागि प्रयास भइरहेको आयोजनाका अपरेटर म्यानेजर रत्नराज हमालले जानकारी दिनुभयो ।
निरन्तर पानी परिरहेकोले काम गर्न कठिन भएको उहाँले बताउनुभयो ।।
