काठमाडौं, १३ मंसिर । काठमाडौंको बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिका कार्यालयअघि प्रदर्शन गरेका छन्।
उचित व्यवस्थापन नगरी बस्दै आएको ठाउँबाट हटाउन खोजेको विरोधमा सुकुम्बासीहरूले महानगर कार्यालयअघि र थापाथलीमा प्रदर्शन गरेका हुन्।एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो ।











