काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

बिहान साढे ६ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २५ लाख ७० हजार ८२३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथो स्थानमा । उक्त पार्टीले १० लाख ७० हजार २५३ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ४९ हजार १९८ मत पाएको छ ।

  • कुन दलले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२५,७५,८७७

नेपाली काँग्रेस
२४,४५,५८४

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
१०,९४,६०६

राष्ट्रिय स्वतन्त्र पार्टी
१०,७०,६३५

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,५०,३५०

जनता समाजवादी पार्टी, नेपाल
३,५४,२५२

जनमत पार्टी
२,९४,४३५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,६३,६०९

नागरिक उन्मुक्ति पार्टी
२,४५,२१५

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,३६,०६३

नेपाल मजदुर किसान पार्टी
७३,०९६

हाम्रो नेपाली पार्टी
५३,२२१

मंगोल नेशनल अर्गनाइजेशन
४६,१३१

राष्ट्रिय जनमोर्चा
४५,१६७

नेपाल संघीय समाजवादी पार्टी
३४,७२७

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२८,०४०

राष्ट्रिय जनमुक्ति पार्टी
२२,९१५

जनता प्रगतिशिल पार्टी, नेपाल
१७,२४१

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,२४०

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,१२१

बहुजन एकता पार्टी नेपाल
१४,७५३

नेपाली काँग्रेस (बी.पी.)
११,४७१

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१०,८२२

नेपाली जनता दल