वुटवल, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ सरकार निमार्णका लागि पार्टीले पहल गर्ने जनाएका छन् । रुपेन्देही–२ बाट निर्वाचित पौडेलले नयाँ सरकार गठनका लागि एमालेले पहल गर्ने बताएका हुन् ।

‘निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन, त्यसैले राजनीतिक दलहरु मिल्नुपर्ने अवस्था देखिन्छ,’ पौडेलले भने

, ‘अध्यक्षलाई निर्वाचनपछिको प्रधानमन्त्री भनेर हामीले घोषणा नै गरेर गएकाले स्वाभाविक रुपमा नयाँ सरकारका लागि एमालेले पहलकदमी गर्नेछ ।’उनका अनुसार यसबारे अन्य दलसँग  एमालेले छलफल चलाउनेछ ।