इन्द्रेणी संवाददाता
घोराही, २९ चैत्र
नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओबादी निकट विद्यार्थी संगठनले राप्ती इन्जिनियरिङ कलेज घोराहीमा मूल ईकाई कमिटी गठन गरेको छ । अखिल क्रान्तिकारी दाङको संगठन सुढृढीकरण तथा विस्तार अभियान अन्तरगत सो कलेजमा अनिल रावतको अध्यक्षतामा ११ सदस्यीय मूल ईकाई कमिटी गठन गरेको हो ।
जस्को उपाध्यक्षमा सुमन पौडेल, सचिबमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा राजेन्द्र शाह रहनुभएको छ । त्यसैगरी पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको शक्ति जिसीले जानकारी दिनुभएको छ ।
संगठन बिस्तार कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा राप्ती इन्चार्ज प्रकाश शाही, जिल्ला अध्यक्ष हेमन्त जिसी लगाएतले आफुहरुको संगठनले बिद्यार्थीको अधिकार र शैक्षिक सुधारका विषयलाई मुख्य एजेन्डा बनाउने बताउनुभयो ।।