मोरङ क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धन तर्फ नेपाली काग्रेसका उम्मेदवार शुनिल कुमार शर्मा भारी मतान्तरले निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्मा ४८ हजार ६३१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का भानुभक्त ढकालले २५ हजार ८९५ मत पाए । तेस्रो स्थानमा राप्रपाकी नेतृ रेखा थापाले १० हजार ९९८ मत पाइन् ।ढकाल केपी ओली सरकारको पालामा मन्त्री समेत बनेका थिए । निर्वाचित भएका शर्मा नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका सञ्चालक समेत हुन् ।

२०७४ को चुनावमा शर्मा र ढकालको प्रतिस्पर्धामा शर्मा ढकालसँग एक हजार ९०७ मतान्तरले पराजित भएका थिए । अहिले भने शर्मा २२ हजार ७३६ मतान्तरले निर्वाचित हुन पुगे ।जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो ।