काठमाडौँ । कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ विजयी भएका छन् ।

तामाङले २४ हजार ८९२ मत पाएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् ।

बिनाले १९ हजार ३४६ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बिना मगर निर्वाचित भएकी थिइन् ।