इन्द्रेणी संवाददाता
रौतहट, ८ मंसिर । रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।
नेपालले एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
नेपालले ३३ हजार ५२२ मत प्राप्त गरे भने एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गरे । नेपाललाई सत्ता गठबन्धन दलहरुको समर्थन थियो ।











