काठमाडौं : प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा मकवानपुर १ बाट उम्मेदवार बनेका राप्रपा अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्।
एमालेको चुनाव चिन्ह लिएर मकवानपुर १ बाट उम्मेदवार बनेका थापाले हार स्वीकार गर्दै मतदातालाई धन्यवाद दिएका छन्।
मकवानपुर–१ मा कांग्रेसको तर्फबाट डिना उपाध्याय उम्मेदवार छन् भने राप्रपा अध्यक्ष थापा एमालेको चुनाव चिन्ह लिएर लडेका थिए। त्यहाँ अझै २० हजार मत गणना बाँकी रहेको छ।
यस्तो छ थापाको स्टाटस
पराजयलाई सहर्ष स्विकार गर्दछु।
हामीलाई मतदिनु हुने सबैमा आभार।
‘सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद।
चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु।
देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु— Kamal Thapa (@KTnepal) November 24, 2022











