दाङ  : दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन्। शर्माले आफ्नो अग्रता कायम राखे पनि एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाउँदै आएकी छ्न्।

६७  हजार ४७१ मत गणना हुँदा रेखाले २३  हजार १८०  मत प्राप्त गरेकी छन्। पोखरेलले २२  हजार ८२८  मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ३५२  रहेको छ। क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७४८ मतदाता मध्ये ७९ हजार ४४६ मत खसेको थियो । क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ।

अब एस  क्षेत्रमा ११९६६ मत गणना गर्न बाकी छ ! यही क्षेत्र मा राष्ट्रिय स्वतन्त्र पार्टी बिशल अधिकारी पनि रहेका छन उनको मत १४२१५ रहेको छ ।