इन्द्रेणी संवाददाता
ताप्लेजुङ, ७ मंसिर । ताप्लेजुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका युवा नेता योगेश भट्टराई विजयी भएका छन्। आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार २१ हजार ९४६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरे । यी दुई उम्मेदवारबीच शुरुवातीदेखि नै कडा प्रतिस्पर्धा भएपनि अन्तिममा योगेशले ३२८ मतान्तरले विजयी भएका हुन् ।

नेकपा एमाले विभाजन हुनुअघि माधव समूहमा रहेका योगेशलगायतका ‘१० भाइ’ पार्टी विभाजनपछि एमालेमै रहेका थिए ।