काठमाडौँ । रुपन्देहीको क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्य तर्फ राप्रपाका नेता दीपक बोहराले अग्रता लिएका छन्।

१४  हजार ७३५  मत गणना गर्दा तीन दलीय गठबन्धनका उम्मेदवार  राप्रपाका बोहोराले ५ हजार ६५७  मतसहित अग्रता कायम राखेका छन्।  सत्ता गठबन्धनका उम्मेदवार काँग्रेस नेता बालकृष्ण खाँण ४ हजार ९१० मत सहित दोस्रो स्थानमा छन्। यो क्षेत्रमा कुल ९२ हजार ९७२  मत खसेको थियो।