काठमाडौँ । ताप्लेजुङमा प्रतिनिधिसभामा योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । नेकपा एमालेका भट्टराईले फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेश ६८ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन्। गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ ।
यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन्। मतगणना फक्ताङलुङ गाउँपालिकाबाट सुरु गरिएको हो ।











