संखुवासभा :  संखुवासभाको मत गणनामा नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काले शुरुवाती अग्रता लिएका छन्।

७ सय मत गणना हुँदा खड्काले ३३५ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले ३३२ मत पाएका छन्।

उनीहरूबीच ३ मतको मात्रै अन्तर छ। प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा गठबन्धनतर्फबाट नेपाली काँग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

जिल्ला समन्वय समितिको हलमा भोट खोला गाउँपालिकाका केन्द्रबाट मतगणना शुरु गरिएको छ। मत गणना मंगलबार दिउँसो २ बजे शुरु भएको हो।

जिल्लामा १ सय ६२ मतदान केन्द्र रहेका थिए। संखुवासभा ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।

१ लाख १७ हजार ५५४ मतदातामध्ये ६५ हजार ८९२ मत खसेको थियो। संखुवासभामा एक प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र रहेका छन्।

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान थिए।