काठमाडौँ । काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता बढाएका छन् ।

हाल  सम्मको मत परिणाम अनुसार श्रेष्ठले ६२१ मत ल्याउँदा हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले ६०३ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।
मत गणना जारी रहेको छ ।