बैतडी, ५ मंसिर । आज विहान बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको चार जनाको पहिचान खुलेको छ । यसरी मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट रहेका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान रमेश साउदको पनि दुर्घटनामा परी मृत्यु भएको छ । सबै नेपाल प्रहरीका कर्मचारीहरू रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते पनि जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुई जनाललाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको छ भने अन्य गम्भीर घाइते लैजानका लागि पनि हेलिकप्टरमार्फत उपचारका लागि लैजाने तयारीमा छ ।











