बैतडी, ५ मंसिर । बैतडीको पाटनमा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका ४ को थुममा जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ज्यान गुमाउनेको अझै पहिचान हुन सकेको छैन । सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।