बाजुरा, ४ मंसिर । बाजुरामा एउटा मतपेटिकामा आगजनी भएको छ । स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको छ । कसले आगो लगायो भन्ने जानकारी आएको छैन । ८४० जना मतदाता रहेका यस केन्द्रमा मतपेटिकामा आगजनी हुनुअघि ५२८ मत खसेको बताइएको छ ।











