नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बिहान साढे १० बजे मतदान गरेका छन् । बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन् ।
मतदानपछि प्रतिक्रिया दिंदै पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतीजा ल्याउने बताए । पौडेलले एमालेले हारे देशले हार्ने पनि बताए ।
सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा (एकिकृत समाजवादी)का राजु गुरुङसहित तीन जनाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अब बाँकी रहेका १४ जना उम्मेद्वारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।एमाले उपाध्यक्ष पौडेलले नेमकिपाका हरि सुन्दर बासी, मंगोल नेशनल अर्गनाइजेसनका दिपक थापा, राष्ट्रिय जनमुक्त पार्टीका केशव बहादुर थापा मगर, नेपाली कांग्रेस (बी.पी.) की नमा देबी गौतम जैसी, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, स्वतन्त्र उम्मेदवार तुलसी राम यादव, विष्णु विश्वकर्मा, केशब बस्याल, रुप सिंह थापा, टोप नारायण पौडेल, सुरेन्द्र भारी, प्रदिप ज्ञवाली र तारा घिमिरेसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
पौडलको अब मुख्य प्रतिस्पर्धा घण्टी चुनाव चिह्नका गणेश पौडेल र नेमकिपाका हरि सुन्दर बासीसँग हुने देखिएको छ ।










