बलिउड : बलिउडमा एकातिर साउथ सिनेमाको दबदबा बढ्दै गएको छ भने अर्कोतिर भाषालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ । यो विवाद साउथ इन्डस्ट्रीका हिट खलनायक किच्चा सुदीपको भिडियो अन्तर्वार्ताबाट सुरु भएको हो । उक्त भिडियोमा उनले हिन्दी भाषाको लागि यो हाम्रो राष्ट्रिय भाषा नभएको बताएका छन् । अहिले किचा सुदीपको यो विवादित बयानले धेरैको ध्यानाकर्षण भएको छ ।

यसबारे अजय देवगनले अभिनेतालाई उचित जवाफ दिएका छन् । अजय देवगनले ट्विट गर्दै लेखेका छन्, – किच्चा सुदीप, मेरो भाइ, यदि तपाईका अनुसार हिन्दी हाम्रो राष्ट्रिय भाषा होइन भने तपाई आफ्नो मातृभाषाका फिल्मलाई हिन्दीमा डब गरेर किन रिलिज गर्नुहुन्छ ? हिन्दी हाम्रो मातृभाषा र राष्ट्रिय भाषा थियो, छ र सधैं रहनेछ। जन गण मन। अजय देवगनलाई जवाफ दिँदै किच्चाले पनि ट्वीट गरेर स्पष्टीकरण दिएका छन् ।