तुलसीपुर, १ मंसिर । तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले हात पारेकी छन् । दंगीशरण(४ वैबाङका रेउले प्रथम स्थान हासिल गरेर नगद १ लाख पुरस्कार हात पारेकी हुन् ।

प्रतियोगी प्रतिष्पर्धिलाई पछि पारेर प्रथम भएकी रेउले नगदसहित तीन काटुन रारा चाउचाउ प्राप्त गरेको आयोजकले जनाएको छ । यस्तै डान्स आइडलको दोस्रो उपाधि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का सन्जु क्षेत्रीले हात पारेकी छन् । उनले नगद ५० हजारसहित दुई कार्टुन रारा चाउचाउ जित्न सफल भएकी छन् ।

यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर १० का सन्ध्या रानाले डान्स आइडलको तेस्रो स्थान हासिल गर्न सफल भएकी छन् । उनले नगद २५ हजार र १ कार्टुन चाउचाउ प्राप्त गरेकी छन् । यस्तै तुलसीपुर(६ का जीवा बुढाथोकीले सान्तोना स्थाना हासिल गरी नगद ५ हजारसहित १ कार्टुन रारा चाउचाउ प्राप्त गर्न सफल भएकी छन् ।

यसैबिच प्रथम तुलसीपुर लोक साँस्कृतिक दोहोरी तथा लोक नृत्य कार्यक्रमको आज समापन गरिएको छ । असोज २८ गते शुरु भएको कार्यक्रम ३२ दिनपछि सकिएको हो ।