सत्तारुढ गठबन्धनको चुनावी सभा चलिरहेको भोजपुरको तिवारीभञ्ज्याङमा बम विस्फोट भएको छ।पौवादुम्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा बुधबार भएको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

Open photo

उक्त चुनावी सभालाई लक्षित गरी बम पड्काउने एकजना घाइते भएको प्रहरीले जनाएको छ। ती घाइतेको तिवारीभञ्ज्याङस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

त्यो चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सम्बोधन गर्दैछन्।

Open photo

विस्फोटपछि एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी शरतबहादुर थापाले बम विस्फोटपछि सुरक्षा कडा पारिएको बताएका छन्। उनले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

No description available.