विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमाले सरकारमा आएपछि नागरिकताको समस्या समाधान हुने बताएका छन् ।उनले सुनसरीमा भएको चुनावी सभामा सम्बोधन गर्दै एमालेले नेपालीलाई नागरिकता दिनलाई नछेकेको तर विदेशीलाई नागरिकता दिन भने एमालेले रोक्ने बताए ।Open photo

सुनसरीमा भएको चुनावी सभामा बोल्दै एमालेको सरकार आएपछि नागरिकताको समस्या एकवर्षमा समाधान गर्ने बताए ।
अहिले एमालेलाई नागरिकता विरोधीको पार्टी जस्तो बनाइएको तर यथार्थमा एमाले नागरिकता समस्या समाधान गर्न लागेको बताए । हिजोको आजै बिदेशीलाई नागरिकता दिने कुरामा एमालेको बिरोध रहने बताए ।

अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका हुन् । उनले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन दिए ।

Open photo

अध्यक्ष ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताए । त्यस्तै, उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाए ।

गच्छदार यसपटक चुनाव जितेर गएपनि संसद्‌ भवन छिर्न नपाउने भन्दै ओलीले आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गरे । गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेको र निलम्बित व्यक्ति भएकाले उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार भगवती चौधरीलाई जिताउन ओलीले आग्रहसमेत गरे । सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ ।Advertise