काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

Open photo

पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ ।पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।

घरेलु मैदानमा नेपाल करिब तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानलाई हराउने लक्ष्यमा रहेको छ ।पाकिस्तानविरुद्धको खेलअघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्न टिमको मनोबल उच्च रहेको बताए ।

Open photo

‘पाकिस्तानले ७ खेल जितेको छ । नेपालले ५ खेल जितेका छौँ । तर, पाकिस्तानको राष्ट्रिय टिमले ३ वर्षबाट खेलेको छैन,’ प्रशिक्षक कटुवालले भने, ‘त्यसैले खेलाडीको मनोबल उच्च छ । हाम्रो जित्ने लक्ष्य छ ।’नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २(१ ले पराजित भएको थियो ।

मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुत राम्रो टिम बनाएको बताए ।

No description available.