काठमाडौं । आगामी मंसिर ४ गतेबाट कतारमा हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपालमा अन्योल भएको छ ।

मिडिया हबले किनेको प्रसारण अधिकारमाथि सर्वोच्च अदालतले अंकुश लगाउँदा नेपालमा यसको प्रत्यक्ष प्रसारण अन्योल भएको हो । दक्षिण एसियाका लागि भारतीय कम्पनी भायकम १८ ले विश्वकप फुटबलको प्रसारण अधिकार लिएको छ ।

Open photo

सोही कम्पनीबाट मिडिया हबले नेपालमा प्रसारण अधिकार लिएको हो । महँगो रकम खर्चिएर प्रसारण अधिकार लिए पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेसँगै विश्वकपको प्रत्यक्ष प्रसारणमा अन्योल सिर्जना भएको छ । एक टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने र त्यसका लागि ग्राहकबाट ५०० रूपैयाँ लिने तयारी मिडिया हबको थियो ।

तर, अतिरिक्त शुल्क लिन लागेको भन्दै त्यसविरुद्ध अदालतमा रिट प¥यो । अदालतले यथास्थितिमै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो । विश्वकप प्रसारण अधिकार पाएको मिडिया हबविरुद्ध अदालतमा परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ मा दर्शकबाट पाँच सय रूपैयाँ अतिरिक्त शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशपछि नेपालमा प्रसारण तयारी गरिरहेको मिडिया हब अन्योलमा परेको छ ।

Open photo

सो आदेशपछि नेपालमा प्रसारण तयारी गरिरहेको मिडिया हब अन्योलमा परेको छ । विश्वकप अल्पकालीन अन्तरिम आदेश जारी गर्ने क्रममा अदालतले कात्तिक ३० गतेलाई पेसी तोकेको छ । कतार विश्वकप सुरु हुन चार दिन मात्र समय बाँकी राखेर बोलाइएकाले प्रत्यक्ष प्रसारण प्रभावित हुने सम्भावना बढेको छ ।

सर्वोच्चको आदेशविरुद्ध मिडिया हबले भ्याकेट निवेदन दिएको थियो, जसको सुनुवाईका लागि शुक्रबार पेसी तोकिए पनि सुनुवाई भएन । आइतबार पेसी तोकिए पनि सुनुवाई भएन । सर्वोच्चको आदेशविरुद्ध मिडिया हबले भ्याकेट निवेदन दिएको थियो, जसको सुनुवाईका लागि शुक्रबार पेसी तोकिए पनि सुनुवाई भएन । त्यसैले विश्वकपको प्रसारणलाई लिएर अन्योल बढेको छ ।

फिफाले विश्वकपका खेलको प्रसारणमा नेपालको ‘टेरिटोरी लक’ गर्ने भएकाले मिडिया हबबाहेक नेपालमा अन्य कुनै पनि माध्यमबाट कतार विश्वकपका खेल हेर्न नपाइने पनि भएको छ ।

No description available.