दाङ । तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेको पहलमा दाङका विपन्न युवाहरूले प्राविधिक शिक्षा अध्ययन गर्न पाएका छन् । पाण्डेको कार्यकालमा प्रदेश सरकारको ९ करोड सहयोगमा प्राविधिक शिक्षालयको भवन निर्माण समेत अन्तिम चरणमा पुगेको छ ।

Open photo

उनकै कार्यकालमा उपमहानगरको वडा नम्बर १५ का विनोद चौधरीका छोराले पूर्ण छात्रवृत्तिमा ओभरसियर अध्ययन गर्न पाइरहेका छन् । घर बनाउने मिस्त्री काम गर्ने चौधरीका छोरासहित तुलसीपुर बहु प्राविधिक शिक्षालयमा तीन सय विद्यार्थीहरू छात्रवृत्तिमा अध्ययनरत रहेका छन् ।

प्राविधिक शिक्षाको विकासले मात्रै विकासको यात्रा अगाडि बढाउन सकिने भएकाले आफूले शिक्षालय स्थापनालाई कार्यकालमा प्राथमिकता दिएको पाण्डेले बताए ।

Open photo

आर्थिक अभावका कारण प्राविधिक विषयको अध्ययन गर्न नसक्ने अवस्थालाई अन्त्य गर्नका लागि पालिका र वडा तहबाट विभिन्न छात्रवृत्तिहरू प्रदान गरिएको पनि उनले बताए ।

अहिले शिक्षालयमा डिप्लोमा तहमा वन विज्ञान,बाली विज्ञान, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग र फुड एण्ड डेरी टेक्नोलोजी लगायतका विषय अध्यापन हुने गरेका छन् भने प्रिडिप्लोमा तहमा सूचना प्रविधि र इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयको अध्ययन हुने गरेको शिक्षालय प्रमुख वसन्त आचार्य बताउँछन् ।

शिक्षालय प्रमुख आचार्यका अनुसार करिब ३ सय विद्यार्थीहरूले हाल पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

पालिकाले लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा बिएएलएलबी कार्यक्रमको सञ्चालन पनि गरेको छ । पाण्डे अहिले एमालेबाट दाङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यको निर्वाचन लडिरहेका छन् ।

No description available.