लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को नयाँ गीत ‘चोट’ रिलिज भएको छ। सिद्धकाली डिजिटलको प्रस्तुतिमा बानियाँको यथार्थ जीवन कहानीमा गीत बनेको बताइएकाे छ।

Open photo

गीतमा ‘जेरी’को शब्द सृर्जना रहेको छ भने दोहोरी सर्जक विरही कार्कीको रचना छ। राजु परियार र पूर्णकला बिसीको आवाज रहेको उक्त गीतको म्युजिक भिडिओमा गायिका बनिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ।‘सिद्धकाली डिजिटल’ आधिकारिक युट्युब च्यानलबाट गीत रिलिज गरिएको हो।

Open photo

यसअघि शुक्रबार मात्रै गायिका बानियाँ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए। लामो समयदेखिको विवादका कारण सामाजिक सञ्जाल तताइरहेका उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर डिभोर्स गरेका हुन्।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।

उनीहरु दुवैजना लोकदोहोरी गायनबाट चर्चामा आएका थिए। दुवैले मिलेर दुईवटा दोहोरी साँझ पनि खोलेका थिए।No description available.

भिडिओ