दाङ, तुलसीपुर उद्योग वाणिज्य संघले दानमा प्राप्त भएको जग्गामा बहुउदेश्यीय सभागृह निर्माणको प्रक्रिया सुरु गरेको छ । गत वर्ष तुलसीपुरमा आयोजित धार्मिक महोत्सववाट बचत भएको दुई करोड बढी रकमवाट भवन निर्माणको प्रक्रिया सुरु गरिएको संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो ।
तुलसीपुर ९ दोघरेमा संघलाई प्राप्त चार कठ्ठा क्षेत्रफलको जग्गामा बहुउदेश्य सभागृह निर्माणका लागि जग्गाको नाप नक्साङकन गरिएको र अबको केही दिन भित्रै कम्पाउन्ड निर्माणको काम सुरु हुने अध्यक्ष रिजालले बताउनुभयो ।