आइसल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् ।

भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरे ।Open photo

राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल)ले गत बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको थियो ।डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले भण्डारीलाई अवार्ड प्रदान गरेकी थिइन् ।Open photo

राष्ट्रपति भण्डारी भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग भेटवार्ता पनि गरेकी थिइन् । भण्डारी गत सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । No description available.