इन्द्रेणी संवाददाता
प्युठान, २५ कार्तिक । प्यूठानमा नेकपा एमाले, कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ । आज शुक्रवार तीनवटै पार्टीका अध्यक्षहरुले सुयक्त विज्ञप्तिमार्फत मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभाको चुनावमा तालमेल गरेर जाने सहमति जनाएका छन् ।
सहमति अनुसार प्रतिनिधि तथा प्रदेश सभाका प्रत्यक्ष उम्मेदवारतर्फ सूर्य चिह्नमा मतदान गर्ने, प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक तर्फ आ आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने बताइएको छ । साथै अबका चुनाव प्रचार प्रसारका क्रममा संयुक्त चुनावीसभा तथा संयुक्त घरदैलो कार्यक्रम गर्ने सहमतिमा उल्लेख छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष विजय राज विष्ट, कांग्रेस वीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेल गर्ने ३ बुँदे सहमती गरेका हुन् ।











