घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको बिहीबार बसेको बैठकले बैंक व्याजविरुद्धको आन्दोलन जारी राख्ने भएको छ ।
संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले बुधबारसम्म गरिएको पहिलो चरणको आन्दोलन सफल भएको निष्कर्ष निकालेको छ ।
आगामी मंसिर ८ गतेदेखि थप कडा बनाउँदै लैजाने निर्णय गरेको महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसअघि बैंक कर्जासँग सम्बन्धित संघ संस्थासँग छलफल अन्तक्र्रिया गर्नेछ । अहिले बढेको ब्याज बैंकले नघटाउँदासम्म आन्दोलन चर्काउँदै लैजाने छ । आन्दोलनमा सहभागी हुन पनि संघले आह्वान गरेको छ ।











