शुक्रबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा तथा हिमपात हुने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

देशको हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

शुक्रबार रातको समयमा प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।