पत्रकार सरोजराज अधिकारी झु न्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झु न्डिएको अवस्थामा मृ त भेटिएको प्रहरीले जनाएको छ ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन् ।

उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । यद्यपि, अन्य कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।